काठमाडौं, २२ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो । डा. गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन् । उनी वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए ।