नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

 न्यूज विराट
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी  सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो ।

अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०:२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पोः चार लाख बढीले अवलोकन गर्ने, १५ कारोडको कारोबार हुने अपेक्षा

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पो हुने भएको छ । पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ ट्रेड एक्सपो २०८० को आयोजना हुने भएको हो ।  संघले यस वर्ष...

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

भारतले दिएको कोरोराविरुद्धको १० लाख खोप नेपाल आइपुग्यो

विराटनगर, ८ माघ । कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्धको १० लाख डोज खोप आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय...

भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१०...

धनगढीमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिए

कैलालीको धनगढीमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित बिरामी भेटिएका छन् ।सेती प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीय एक नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्