लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

 न्यूज विराट
लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

हातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष बलिराम रायले बताए ।

पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताए ।

सम्बन्धित समाचार

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया...

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...

नेकपाले कार्यदलबाटै विवाद समाधान गर्ने

काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...

विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

विराटनगर, कार्तिक ६ । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय चालकको निधन भएको छ।मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बूढीगंगा गाउँपालिका ३ स्थित महालक्ष्मी वायरअगाडि राति करिब १० ः ४५ बजे मनमाया श्रेष्ठ...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय स्थापना गरिने

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण तथा संचालन गर्ने कार्यक्रम रहेको बताएकी हुन् । उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्