चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

 न्यूज विराट
चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवन, २२ वैशाख-पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो ।

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

३ वैशाख गरिएको र्‍यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शंकास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि ५ वैशाख राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

उनीहरु ३ चैतमा बेलायतबाट हङकङ हुँदै ५ गते चितवन आएका थिए । अस्पतालका अनुसार उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

अप्राकृतिक गठबन्धन छाडेर एक्लै चुनावमा जाऊँ:शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै उनले एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका...

कोरोना परीक्षण : प्रदेश २ बाट ७३ जनाको नमुना संकलन, २३ नमुनाको ‘नेगेटिभ रिजल्ट’

करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको सामाजिक...

बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ । उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय...

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्