बीपीमा कोरोनाबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु - News Birat

बीपीमा कोरोनाबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु

न्यूज विराट
विराटनगर,  २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ ।  प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

१२ कात्तिकमा कोरोना पोजिटिभ देखिएका मृतक किशोरलाई प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार मृत्युृ भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतिष्ठानकै कोभिड अस्पतालमा गएराति ११ बजे सुनसरीकै धरान–१२ की ७८ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बिहीबार कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा बिहीबार राति नै मृत्यु भएको हो ।

 मृतक दुवैको शव व्यवस्थापन कार्य नियमअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ । जसमध्ये २० जना प्रदेश १ बाहिरका रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles