नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न तयार रहेको बताएका हुन् ।
‘पार्टीले निर्णय गर्यो भने कमरेड वामदेवका लागि, देश र जनताका लागि म सांसद पद छाडेर बाटो खुला गरिदिन तयार छु’, बस्नेतले शिलापत्रसँग भने ।
आफ्नो कारणले पार्टी र देशको हित हुन्छ भने जस्तोसुकै निर्णय गर्न पछि नहट्ने सांसद बस्नेतले बताए । गत बुधबारको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सांसद बनाएर प्रधानमन्त्रीसम्म बनाउने प्रस्ताव गरेका थिए । शनिबार बसेको बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय गरेको थियो ।