काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् ।
संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् ।