लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

 न्यूज विराट
लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद २४ लाख २१ हजार रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।

उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विश्वासको मत दिन महन्थ ठाकुरलाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । उनले महन्थ ठाकुरलाई पत्र लेख्दै विश्वासको मत...

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर । विराटनगर– ७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा – १२ मा अध्ययरत विद्यार्थीहरू हाजिरी जवाफ प्रतियोगिता सोमबार आयोजना गरेको हो । क्वीजमा कक्षा १२ का नौ वटा टीमको...

पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित...

सुनसरी दुर्घटना अपडेटः एक भारतीयसहित तीन जनाको जलेर मृत्यु, २७ जना घाइते, १० जनाको विराटनगरमा उपचार हुँदै

विराटनगर, २२ माघ । सुनसरीमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित खुनिया खोला पुलमा गए राति बस र ट्रक एक अपसमा ठोक्किएर आगलागी हुँदा तीन...

आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् । आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन...

बीपीमा उपचाररत थप दुई संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–सुनसरीको धरास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२...

शनिबार कोरोना पुष्टि भएका दुवै नेपाली सेना

काठमाडौं, ३ जेठ-निबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भने पुष्टि गरेका २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी...

पाकिस्तानमा २ युवतीको हत्या

एजेन्सी, जेठ ४-पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियाेका कारण २ युवतीको हत्या भएको छ । उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्