पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

 न्यूज विराट
पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएकी धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव-कुश छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपूर्ण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएकी थिइन् । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएकी प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन्।

सीता उत्पत्ति भएकी भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष बन्दाबन्दीका कारण प्रभावित हुने जनाइएको छ । विशेष पूजा भने हुने जनाइएको छ । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाऊ: डब्लूएचओ

काठमाडौं, ६ बैशाख-विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानम गेयब्रेससले सबै देशलाई कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए

विराटनगर, १८ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५६, सुनसरीमा एक सय २०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुई÷दुई, पाँचथर, भोजपुर...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

काठमाडौं,  १० कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।  दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले...

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्