रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

 न्यूज विराट
रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९ पोजेटिभ देखिएको जानकारी गराएका हुन् । भिडियो कन्फरेन्समार्फत उनले कोरोना संक्रमण भएका कारण आफ्नो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्न नयाँ नियुक्तिका लागि आग्रह गरेका थिए ।

उनले यतिबेला आफ्ना सहकर्मीहरुको सुरक्षाका लागि आफु अनिवार्य सेल्फ आइसोलेसनमा बसेको समेत जानकारी गराएका छन् । प्रधानमन्त्री मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै राष्ट्रपति पुटिनले उनकै सिफारिसमा एन्ड्री बेलउसोभलाई उक्त जिम्मेवारी सम्हाल्न सुम्पिएको कार्यभार पत्रमा हस्ताक्षर गरेका छन् ।

रुसमा हालसम्म उच्च पदस्थ व्यक्तिमा कोरोना संक्रमण भएको प्रधानमन्त्री मिसहुस्तिन पहिलो व्यक्ति हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बुधबार सरकारको कोरोना भाइरस नियन्त्रण संयोजन परिषदको बैठकलाई सम्बोधन गरेका थिए ।

रुसमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ जना रहेको छ भने बिहीबार ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट रुसमा हाल सम्म १ हजार ७३ जनाले ज्यान गुमाइ सकेका छन् भने ११ हजार ६ सय १९ जना पूर्णरुपमा निको भएका छन् । यस अघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण भएको थियो । उनी उपचार पश्चात पूर्णरुपमा निको भएर काममा फर्किसकेका छन् ।

सम्बन्धित समाचार

प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

विराटनगर, असार १०–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताएका छन् । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उनले बताए । प्रदेश सरकारले कोरोना...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

लखनऊमा थपिए ८ नयाँ संक्रमित, १४ जनाको मृत्यु

एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...

महिला र छात्राहरुलाई १८ वटा साइकल वितरण

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगरले महिला र छात्राहरुलाई साइकल वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले १८ जना महिला र छात्राहरुलाई साइकल वितरण गरेको हो । रोजगारीका लागि काममा जान सहज होस...

किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो । विराटनगर – ५ चाँदनी...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्