ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

 न्यूज विराट
ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवले बताए । उनले अहिले कुलेखानीको इन्द्रसरोवर जलासयमा पर्याप्त मात्रामा पानी जम्मा भएकाले विद्युत् उत्पादनमा कटौती गर्न नपर्ने जानकारी दिए ।

इन्द्रसरोवर जलासयमा अहिले १५१२.७८ मिटर पानी सतह रहेको कुलेखानी प्रथम आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युतबाट उत्पादित विद्युत् हेटौंडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख यादवले बताए । कुलेखानी तेस्रो आयोजनामा केही महिनाअघिबाट मात्रै १४ मेगावाट विद्युत् उत्पादन गरिएको पनि सो आयोजनाले जनाएको छ ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र काठमाडौंको फर्पिङको चन्द्रज्योति र सुन्दरीजलमा विद्युत् उत्पादनका लागि नयाँ योजना कार्यान्वयन बताए । रासस

सम्बन्धित समाचार

ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

प्रयोगशाला निर्देशक झासहित ६ जनालाई परिषद्ले सोध्यो स्पष्टीकरण

काठमाडौं, १ जेठ-नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जिनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा, इपिडिमियोलोजी...

जापानमा प्रतिनिधिसभा विघटन, अक्टोबर ३१ मा निर्वाचन हुने

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरूले बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्। यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्