कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

 न्यूज विराट
कोरोना प्रभावित भुल्केमा पैसासमेत चल्न छाड्यो

उदयपुर, १७ वैशाख-उदयपुरको भुल्केका २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिँदा भुल्केवासीहरूलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको छ ।

आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न जाँदा कोरोना सर्ने डरले पसलेले पुराना पैसा लिन नमान्ने र हातमा पञ्जा, स्यानिटाइजर नलगाई दिएको पैसा नलिने गरेको भुल्केका कमला विक बताउँछिन् ।

यस्तै, गुनासो भुल्केका अर्का स्थानीयवासी दुर्गा थापाको पनि छ । ‘बल्ल गाउँ छेउमा पसल त खुल्यो । तर, दैनिक उपभोग्य वस्तु किन्न जाँदा पुराना पैसा पसल सञ्चालकले लिन मान्दैनन्, हातमा पञ्जा, स्यानेटाइजर नलाई दिएको पैसा लिँदैनन्’ थापा भन्छिन्, ‘आफूहरूसँग त्यस्तो साधन हुन्न बरु समान नै नलिई घर फर्कनु पर्ने बाध्यता आएको छ ।’

बल्ल गाउँबाट सुरक्षाकर्मीको अनुमति लिएर पल्लो पसलसम्म गएर उपभोग्य वस्तु किनौँभन्दा कोरोना सङ्क्रमण सर्ने डरले पसलले पैसा लिन नमानेका कारण अहिले गाउँलेले दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न नसकिरहेको गुनासो भुल्केवासीको छ ।

सम्बन्धित समाचार

एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् । एमाले कोशीको अधिवेशन...

३७ अंकले घटेर बन्द भयो शेयरबजार

साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर...

एसईईको नतिजा ३ दिनभित्र

काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...

३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी)...

प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

विराटनगर, २७ साउन–प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १÷१ जनामा...

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्