‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

 न्यूज विराट
‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको छ ।

आयोगले भेषराज खरेलको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति खटाएको छ । समितिले रामग्राम नगरपालिकाको परासी जामे मस्जिदसहित पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका मस्जिद र मदरसाको अनुगमन गरेको छ ।

समितिले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व) दुवै जिल्लाका मस्जिद र मदरसाको अनुगमन गर्ने जिम्मा पाएको छ । पश्चिम नवलपरासीमा ५५ मस्जिद र ४३ मदरसा तथा पूर्वी नवलपरासीमा ५ मस्जिद र २ मदरसा छन् ।

भारतीय सञ्चारमाध्यमले नेपालका मस्जिद र मदरसामा विदेशबाट जमाती लुकेर बसेको र उनीहरूबाट कोरोना सङ्क्रमणको जोखिम बढेको भनी अफवाह फैलाएपछि समितिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थलगत अनुगमन गरिरहेको समिति सदस्य एवं सञ्चार प्रमुख हैदर अलि मोमिनले जानकारी दिए ।

‘हामीले अनुगमनमा विशेषगरी दुई वटा कुरालाई केन्द्रित गरेका छौँ, विदेशबाट जमातीहरू आए/नआएको र बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाको विषयमा जानकारी लिइरहेका छौँ,’ उनले भने । समितिले बन्दाबन्दीको पालना गर्न पनि सबैमा आग्रह गरेको छ ।

अहिलेसम्मको अनुगमनका क्रममा कोही पनि धर्मगुरु वा अपरिचित व्यक्ति मस्जिद र मदरसामा आएर लुकेको नपाइएको समितिले जनाएको छ । बन्दाबन्दीको पालना गरिएको तथा कुनै पनि मस्जिदमा सामूहिक नमाज पढ्न बन्द गरिएको पाइएको मोमिनले बताए ।

रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान सले घरमै नमाज पढिरहेको संयोजक खरालले बताए । ‘प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन,’ उनले भने ।

अनुगमन समितिले बन्दाबन्दीका समयमा गरिबीका कारण समस्यामा परेका मुसलमान समुदायलाई पनि स्थानीय तहसँगको सहकार्यमा आवश्यक सहयोगका लागि सहजीकरण गर्ने जनाएको छ । पश्चिम नवलपरासीको अनुगमन सकिएपछि पूर्वी नवलपरासीका मदरसा र मस्जिदको अनुगमन गरिने सदस्य मोमिनले बताए । रासस

सम्बन्धित समाचार

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...

चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्