नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

 न्यूज विराट
नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् ।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमिस्ट्रीमा पीएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी गराए।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आह्वानसमेत गरेका छन् । उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मिहिनेत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरूअनुरुप काम गरेको दाबी पनि गरे ।

यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानडालगायतका दर्जनौँ मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निष्कर्षमा पुग्न सकिनेछ ।

डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्षसमेत हुन् । रासस

सम्बन्धित समाचार

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौं, ५ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा...

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

एक करोड १९ लाख मतपत्र छापिए

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो...

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्