कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

 न्यूज विराट
कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले आफू नेपालसँग मिलेर जान तयार रहेको प्रस्ताव गरेको नेपाल निकट १ नेताले बताए । ती नेताले नेपालको भनाइ उद्धृत गदै भने ‘प्रधानमन्त्रीले मिलेर जान आफू तयार रहेको बताएका छन् । तर, नेपाल भने उहाँको कुरामा विश्वस्त हुनुहुन्न । उहाँले अहिलेसम्म पार्टी र सरकारमा एकलौटी ढंगले काम गर्नु भयो । आज उहाँलाई अप्ठेरो पर्‍यो भन्दैमा मिल्ने अवस्था छैन ।’

उक्त छलफलमा खासै केही प्रगति नभएपछि नेताहरू सामूहिक रूपमा वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा बैठक बसेका छन् । बालुवाटारमा २ नेताबीच केही निष्कर्ष ननिस्केपछि पुनः ओलीले आफू निकट नेताहरू कोटेश्वर पठाएर छलफल गर्न खोजेका थिए । तर, नेपाल समूहका नेताहरूले आफूहरू पनि छलफलमा बस्ने बताएपछि सामूहिक रुपमा दुवै पक्षका नेताहरू छलफलमा बसेको एक नेताले बताए ।

सम्बन्धित समाचार

खोपमा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा...

रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा कोरोना भाइरस (कोभिड–१९) र समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल हुने पार्टी प्रवक्ता...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

प्रदेश १ मा एनआईसी एशियाको ५ लाख रुपैयाँबराबरको खाद्यसामग्री सहयोग

विराटनगर, चैत २१-एनआईसी एशिया बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । बैंकले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनको बेला मर्कामा परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्