काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

 न्यूज विराट
काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

कञ्चनपुर, १५ वैशाख-अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौंमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन ।

काठमाडौंबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौंमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् । सामाजिक सञ्जालमा राहत वितरण र उद्धार गरी घर पठाउने विषयले चुनावी झझल्को दिए पनि झण्डै १ महिनादेखि घर आउन नपाएर सीमावर्ती भारतीय बजारका विद्यालयमा आश्रित नेपाली मजदुर घर ल्याउन जनप्रतिनिधिका साथै प्रदेश र स्थानीय सरकार गम्भीर भएको देखिँदैन ।

काठमाडौंलगायत बाहिरबाट यहाँ आइरहेका नागरिकलाई १४ दिन क्वारेन्टाइन राखेपछि मात्रै होम क्वारेन्टाइनमा राख्न कञ्चनपुरको स्थानीय प्रशासनले स्थानीय तहलाई सचेत गराए पनि कार्यान्वयन नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्ने चिन्ता रहेको छ । ‘सीमापारि रहेकालाई यहाँ ल्याएर क्वारेन्टाइनको व्यवस्था रहे पनि आफ्ना नागरिकलाई यता ल्याउने विषयमा गम्भीर कोही पनि देखिँदैन’ सुरक्षा निकायका एक प्रमुखले भने, ‘सीमापारि रहेका मजदुरका विषयमा बोल्ने जनप्रतिनिधिसमेत यहाँ देखिएनन् ।’

सर्वोच्च अदालतले समेत लकडाउनका कारण भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइन राखिएका नेपालीलाई घर फर्काउन अन्यथा भारतमै गाँस, बासको प्रबन्ध मिलाउन आदेश जारी गरे पनि सुनुवाइ भएको छैन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काठमाडौंलगायत कुनै पनि ठाउँबाट मान्छे ओसार्न जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको बताएको छ ।

‘बाहिरबाट आउनेको विवरण सङ्कलन र तापक्रम मापन जिल्ला प्रशासनको पहलमा कञ्चनपुरको गजरौला गर्दैछौँ’ सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘बाहिरबाट आउनेलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्छ भनेर हामीले परिपत्रसमेत गरेका छौँ ।’ उनले केही स्थानमा क्वारेन्टाइन राखिए पनि बाहिरबाट आउने अधिकांश घर फर्किरहेको सुन्नमा आएको बताए ।

‘सरकारको नीतिअनुसार जो जहाँ छ त्यही बस्नुपर्ने हो’ सहायक प्रजिअ उपाध्यायले भने, ‘हामीले कहीँबाट पनि जिल्लामा मान्छे भित्र्याऊ भनेर स्वीकृत दिएका छैनौँ ।’ काठमाडौं सवारी लिन गइरहेका बसलाई जिल्ला प्रशासनबाट स्वीकृत नभएको उनले बताए ।

‘पहिलोपटक आएका ८६ जनाको गजरौलामा नमूना परीक्षणसमेत गर्यौ’ उनले भने, ‘आउनेको क्रम बढेपछि त्यो पनि सम्भव भएन ।’ उनले आइतबार साँझसम्म अन्यबाट ३८६ कञ्चनपुर भित्रिएको बताए । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गरेको भए पनि मान्छे राख्न गम्भीर नदेखिएको उनको भनाइ थियो ।

कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा, टनकपुरलगायतका क्षेत्रमा आश्रय लिइरहेका नेपालीलाई स्वदेश ल्याउन स्थानीय प्रशासनले समन्वय गरे पनि ल्याउने विषयमा दुवै देशका सरकारबीच कुरो नमिलेको उनले बताए । ‘हामीले केही दिनअघि मात्रै सीमापारि गएर स्थलगत अनुगमनबाट नेपालीको अवस्था बुझ्ने काम गरेका थियौँ’, उनले भने, ‘नेपालीको स्वास्थ्य अवस्था सामान्य र खान, बस्नको व्यवस्था राम्रो भए पनि उनीहरुले आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहेका छन् ।’ सीमापारि २५१ नेपाली रहेको बताउँदै उनले त्यहाँबाट ल्याउन सकिए भीमदत्तनगरको बैजनाथ स्कूलको क्वारेन्टाइनमा राख्ने गृहकार्य भएको बताए ।

सीमापारि रहेकालाई ल्याउने विषयमा स्थानीय प्रशासन केन्द्रको आदेश कुरिरहेको छ । कञ्चनपुरका २७ स्थानमा करिब ६ सय बढी शय्याको क्वारेन्टाइन स्थापना गरिएका भए पनि हालसम्म छ महिलासहित १६१ जना मात्रै बसिरहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने दायित्व सरकारको भएको बताए ।

त्यसैगरी २ दिनयता यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा समेत समिति यात्रुबाहक बस सञ्चालन भइरहेका छन् । भीमदत्तनगरका समाजसेवी लीलाध्वज बस्नेतले सीमापारि रहेका नागरिक ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘१४ दिन भनेको ठाउँमा २५ दिन बस्दा स्वास्थ्य समस्या देखिएन भने सुरक्षा सतर्कता अपनाएर घर फर्काउन गम्भीर हुनुपर्छ’ बस्नतेले भने, ‘नागरिकको मानसिक तनावलाई पनि ख्याल गर्नुपर्छ ।’

कञ्चनपुरको क्वारेन्टाइनमा बसेका २९ जना भारतीय मजदूर स्वास्थ्य परीक्षणमा अवस्था सामान्य रहेपछि यहाँको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुलमा ज्यालादारीमा लागेका छन् । रासस

सम्बन्धित समाचार

कांग्रेसले गर्‍यो लकडाउन लागू भएको ५० दिनको समीक्षा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । कांग्रेसका प्रवक्ता...

विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर, २७ साउन–विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन...

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारको चार जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा,...

नमुना विद्या मन्दिरले भव्य मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।वार्षिकोत्सवसँगै...

परीक्षा अनुगमनका नाममा मेयरको हुल

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले परीक्षामा गरिरहेको अनुगमनको चौतर्फी आलोचित हुँदा समेत उनले अनुगमन गरिरहेका छन् । कक्षा ८ को परीक्षा अनुगमनका लागि मेयर शाह प्रत्येक दिन विद्यालय पुग्छन् । एउटा कोठामा ७÷८ जना लिएर...

मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...

विराटनगरको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी (फोटो फिचर)

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी भएको छ । आज साँझ साढे ६ बजे स्कुलको क्यान्टिनमा आगलागी भएको हो । अहिले विराटनगर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास...

२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्