घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

 न्यूज विराट
घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र । केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो ।

दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरूले पटक/पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरूले आइतबार वडा कार्यालयमा धर्ना दिए ।

सोही धर्नामा थिए ३९ वर्षीय वीरबहादुर विश्वकर्मा । दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन । ५ जनाको परिवारमा २ महिनाकी सुत्केरी श्रीमती घरमा छिन् । सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोषिलो खानेकुरा त परै जाओस्, साँझ बिहान २ छाक खाने अन्नसमेत छैन ।

लकडाउनको १ महिना छिमेकीसँग पैँचो मागेर भए पनि सुत्केरी श्रीमती र ३ बालबच्चाको पेट भरेका उनको घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको ५ प्याकेट खाना सबैले बाँडेर छाक टारे । साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उनले बताए ।

‘घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरोजस्तै हो नि । सरकारले कि हामीलाई काम गर्न जान दिनुपर्‍यो, नत्र परिवार पाल्न राहत चाहियो,’ विश्वकर्माको भने । नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुन सक्ने उनको अनुमान छ । वर्षौंदेखि मुस्ताङबाट आएर यहीँ बसोबास गरेको बताउँदै उनले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको बताए ।

राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २ सय हाराहारीका उनीहरूले वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए । प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरूको नाम सङ्कलन गरिएको थियो । टोल विकास संस्थाका उपाध्यक्षसमेत रहेका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामावली वडामा पेस गरिएकाेमा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकाेमा अन्य परिवारले राहत नपाएको बताए ।

वडाध्यक्ष र सचिवलाई ५ दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा २ दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उनले बताए । ‘वडाले पक्षपात गरेको छ , एउटै वडामा भए पनि कोहीलाई राति/राति घरमा राहत पुर्‍याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ, कहिल्यै देख्न पनि नपाउने,’ लामाले आक्रोश व्यक्त गरे ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त १ हजार ९ सय ४५ आवेदनमध्येबाट पहिलो चरणमा ६ सय ८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविक रूपमा प्रभावित कोही छुटेको भएमा दोस्रो चरणमा दिइने बताए ।

एउटै व्यक्तिले पटकपटक राहत लिने प्रवृत्ति रहेको भन्दै उनले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने जानकारी दिए ।

‘राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समितिमार्फत राहत दिएका हौँ । छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौँ,’ वडाध्यक्ष लामिछानेले भने । रासस

सम्बन्धित समाचार

स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन्...

मेयर राजवंशीले गरे महोत्सवको अवलोकन, सुनवर्षीका कृषकको स्टल निरिक्षण

विराटनगर, २३ माघ । मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले उर्लाबारी महोत्सवको अवलोकन गरेका छन् । मंगलबार महोत्सवस्थलमै पुगेर मेयर राजवंशीले अवलोकन गरेका हुन् । उनले सुनवर्षीका स्थानीय कृषक प्रदिप रायमाझिले महोत्सवमा राखिएको स्टलको समेत...

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

कांग्रेसको १४औँ महाधिवेशन: झण्डा, ब्यानर र गेट सजावटमा मात्रै कांग्रेसको २० लाख खर्च

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा करिब २० लाखबराबरको झण्डा र ब्यानर लाग्ने देखिएको छ । महाधिवेशनका लागि झण्डा, ब्यानर र गेट व्यवस्थापनको जिम्मा पाएका कांग्रेस नेता गोविन्द पुडासैनीका अनुसार काठमाडौंमा मात्रै पार्टीका करिब १० हजार झण्डा...

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं, जेठ २-काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र...

विराटनगर ६३ सहित प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, १६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्