विपदको समयमा पठाइएको रकम अनुमोदन

 न्यूज विराट
विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ बसेको ४५औँ कार्यपालिका बैठकले उक्त रकम अनुमोदन गरेको हो । बैठकले क्रमशः ठूला, मझौला र साना वडालाई निकासा गरिएको १५ लाख, १० लाख र ५ लाख रुपैयाँ अनुमोदन गरेको छ ।

त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडामा राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिबेँसी नगरपालिकाका–१ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।

बैठकमा कोरोना भाइरसका कारण समस्यामा परेकालाई राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकाले विकृति न्यूनीकरणमा सहज भएको पनि जनाइएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि सङ्कलित विवरण, र्‍यापिड डायग्नोस्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका विषयमा केन्द्रित थियो ।

महानगर प्रमुख शाक्यले अहिलेसम्ममा महानगरका ६८ हजार ६१७ लाई राहतस्वरुप खाद्यान्न दिइसकिएको उल्लेख गरे । गाउँ फर्कने खान नपाएरभन्दा अन्य कारणले फर्किएका हुनसक्ने उनको भनाइ थियो । कामपाले खान छैन भन्ने १९ हजार ७२३ लाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरेको छ ।

लकडाउनकाे अवधिमा उपचार गर्न अस्पताल जाने ३ हजार १९५ बिरामीलाई अस्पताल ल्याउने र घर पुर्‍याउने व्यवस्था पनि कामपाले गरेको छ । नेपाल एम्बुलेन्स सेवाको १०२ बाट २ हजार ६८० ले र एम्बुलेन्स चालक सङ्घबाट ५१५ ले सेवा लिएका छन् । रासस

सम्बन्धित समाचार

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १४ असार -आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । उनका अनुसार...

विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...

कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।...

हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन...

जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो । विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको...

इडेनबर्ग कलेजमा नवआगन्तुक विद्यार्थीको स्वागत

विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत...

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्