यमनमा पृथकतावादी समूहद्वारा स्वशासन घोषणासँगै संकट गहिरिने खतरा

 न्यूज विराट
यमनमा पृथकतावादी समूहद्वारा स्वशासन घोषणासँगै संकट गहिरिने खतरा

एजेन्सी, बैशाख १४-सरकारसँग शान्ति सम्झौता भंग भएलगत्तै यमनको पृथकतावादी १ समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यो घोषणाले अझ जटिल बनाएको छ ।

दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) ले यमन सरकार शान्ति सम्झौताको मर्मविपरीत अघि बढेको तथा दक्षिणी क्षेत्रका जनताको भावनामाथि ‘षडयन्त्र’ गरेको जनाउँदै शनिबार मध्यरातिदेखि लागू हुने गरी स्वशासन सुरु भएको घोषणा गरेको छ ।

यमन सरकारले एसटीसीको सो कदमको निन्दा गर्दै दक्षिणी क्षेत्रमा उत्पन्न हुन सक्ने मानवीय संकटको जिम्मेवार उनीहरु आफैं हुनुपर्ने चेतावनी दिएको छ ।

इरान समर्थित हुथी विद्रोहीहरूविरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनले कोरोना भाइरसको महामारी रोक्नका लागि हाल एकपक्षीय युद्धविराम घोषणा गरेको छ । यद्यपि हुथी विद्रोहीहरुले सो युद्धविरामलाई अस्वीकार गरेका छन् ।

यमनका दक्षिणी पृथकतावादीहरुले गत नोभेम्बरमा साउदी अरेबियाको रियादमा शक्ति बाँडफाँट गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । ‘गृहयुद्धभित्र गृहयुद्ध’ का रुपमा लिइएका यी पृथकतावादीले गत वर्ष अगस्टमा यमनको दोस्रो ठूलो शहर एडनलाई कब्जामा लिएका थिए ।

दक्षिणी क्षेत्रका लागि समान प्रतिनिधित्वसहित नयाँ मन्त्रिपरिषद् गठन गर्ने तथा सैन्य बलको पुनर्गठनलगायतका महत्त्वपूर्ण कार्य गर्ने म्याद गुज्रिएसँगै रियाद सम्झौता विफल भएको थियो ।

एसटीसीले जारी गरेको विज्ञप्तिमा आफूहरुले ‘दक्षिणमा अप्रिल २५ शनिबारको मध्यरातदेखि लागू हुनेगरी स्वशासन घोषणा गरिएको’ उल्लेख छ । ‘परिषदका अध्यक्षले तोकेका कामहरु एक स्वशासन समितिले पूरा गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

एडेनवासीहरूले शहरमा एसटीसी आवद्ध सेनाको व्यापक तैनाथी सुरु भएको जनाएका छन् । पृथकतावादी समूहको १ स्रोतले एएफपीलाई आफूहरुले केन्द्रीय बैंक र एडेनको बन्दरगाहलगायत सबै सरकारी कार्यालयहरुमा जाँच चौकीहरु स्थापना गरेको बताएका छन् । एडेन शहरभरि सैन्य सवारी साधनहरू एसटीसीका झण्डा राखेर दौडिएका छन् ।

यमनको दक्षिणमा राजनीतिक परिदृश्य जटिल छ, र एसटीसीको घोषणाका बाबजुद केही दक्षिणी शहरहरूले आफूहरु पृथकतावादीले गरेको स्वशासनको घोषणालाई मान्यता नदिने र केन्द्रीय सरकारसँग मिलेर बस्ने बताएका छन् ।

यमनका विदेश मन्त्री मोहम्मद अल–हधरामीले एसटीसीको कदम सशस्त्र विद्रोहको निरन्तरता रहेको र गत अगस्टमा सम्पन्न रियाद सम्झौताको खारेजी भएको बताएका छन् । विगत ५ वर्षको अवधिमा सरकार र हुथी विद्रोहीबीचको युद्धमा भोकमरीबाट ग्रस्त यमनमा दशौं हजार सर्वसाधारणको मृत्यु भइसकेको छ ।

यस महिनाको सुरूमा यमनको दक्षिणी प्रान्त हाद्रामातमा कोरोना भाइरसको पहिलो घटना रिपोर्ट गरिएको थियो । यसले यमनमा कोरोना संक्रमणको त्रास बढाएको थियो ।

गत अगस्टमा एसटीसी र सरकारी फौजबीच भीषण लडाइँ भएको थियो, र दक्षिणी प्रमुख शहर एडेनलाई एसटीसीले नियन्त्रणमा लिएको थियो । यमनको राजधानी सानाबाट हुथी विद्रोहीले विस्थापित गरेपछि राष्ट्रपति एबेद्राबो मन्सुर हादीले फेब्रुअरी २०१५ मा यही शहरमा शरण लिएका लिएका थिए ।

हुथी विद्रोहीविरुद्ध बनेको गठबन्धनका साझेदार मुलुकहरु साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबीच नै तिक्तता उत्पन्न भएको छ । किनभने साउदी अरेबियाले हाडी नेतृत्वको सरकारलाई समर्थन गर्दछ भने युएईले रहस्यमय ढंगबाट एसटीसीलाई समर्थन जनाएको पाइएको थियो ।

रियाद सम्झौतालाई यमन संकट समाधानमा एउटा महत्त्वपूर्ण कदम भन्दै स्वागत गरिएको थियो । यसलाई यमनमा व्यापक द्वन्द्व अन्त्य गर्ने सम्भाव्य पाइलाको रूपमा स्वागत गरिएको थियो ।

तर सम्झौताको कार्यान्वयनमा विस्तारै संकट देखा पर्न थाले । खासगरी दक्षिणी भागमा देखिएको खाद्यान्न अभाव, मुद्राको तीव्र गिरावट र सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई तलब दिन रकमको अभाव भएपछि आशंकाहरु बढ्न थालेका थिए ।

हुथीविरूद्धको लामो युद्धमा सरकार र एसटीसी प्राविधिक रूपमा सहयोगी रहेका छन् तर पृथकतावादीहरु दक्षिणी क्षेत्रलाई समेटेर स्वतन्त्र राज्य बनाएरै छाड्ने अभियानमा निरन्तर क्रियाशील छन् ।

सम्बन्धित समाचार

पूर्वमन्त्री मण्डलद्धारा जहदा गाउँपालिकालाई राहत हस्तान्तरण

विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...

पर्सी सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव

काठमाडौं, २५ कात्तिक-सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी बिहीबार सचिवालय बैठक बोलाउने गरेका छन् ।  मंगलबार प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सचिवालय बैठक राख्ने प्रस्ताव गरेका हुन् ।...

अर्किड कलेजको प्राचार्यमा सीएम श्रेष्ठ

विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका...

कटहरी ४ को स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो । उक्त भवनको...

मंसिरमा महाधिवशन हुँदैन, चैतको तयारीमा जुटौँ : प्रवक्ता श्रेष्ठ   

काठमाडौं, ७ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्रको विवाद र संक्रमणकालको अन्त्य गर्न सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चैतको महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्लि महाधिवेशन’ भन्दै मंसिरमा गर्ने...

अक्सिजन र रेमडिसिभिर लुकाउनेको सम्पति जफत गरिने

एजेन्सी, ३१ वैशाख । भारतको विहार राज्यमा अक्सिजनको कालोबजारी गर्ने व्यक्तिको सम्पति जफत गरिने भएको छ । अक्सिजनका साथै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडिसिभिर लुकाउनेहरुको पनि सम्पति जफत गर्न लागिएको जनाइएको छ ।...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्