कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

 न्यूज विराट
कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् ।

अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोभिड–१९ बाट कम्तिमा १ हजार ३ सय जना प्रहरीहरु संक्रमित भएको स्वीकारेका थिए । देशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त भएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले पत्रकारहरुसँग कुरा गर्दै देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिए ।

पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने क्रममा ठूलो संख्यामा प्रहरीहरु कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ ।

गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिब १ करोड ५० लाख अमेरिकी डलरबराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले प्रहरी बलको करिब २ लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको बताए । ‘संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो । प्रहरी बल राम्रोसँग सुसज्जित हुनैपर्दछ,’ उनले भने ।

जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणनाअनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन् भने ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

१२ वर्ष मुनि र ६० वर्षमाथिकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं, १८ साउन-सरकारले कोरोना संक्रमित पत्ता लगाउनका लागि आरडीटी परीक्षण पूर्ण रुपमा रोक्ने भएको छ । १४ साउनको निर्णयअनुसार आरटीडी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निशुल्क सिमकार्ड वितरण गरिने

विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...

मोरङको सुनवर्षीमा कांग्रेसको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...

डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उपचार खर्च सरकारले ब्यहोर्छ’

काठमाडौं, कात्तिक २९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यलाभकाेे कामना कामना गरेका छन्। शनिबार एक ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गर्दै ओलीले  डा. केसीकाे उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जानकारी पनि दिएका...

१ सय ४ पत्रकारले गराए कोरोना परीक्षण

जनकपुर, ३१ वैशाख-२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका...

कृतिका एजुकेशनले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन प्रालि ले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिलगर्दै क्याम्ब्रिज अन्तर्राष्ट्रिय विद्यालयको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ ।क्याम्ब्रिज इन्टरनेशनलले २०२५ अप्रिल ३० मा कृतिका फाउण्डेशनलाई प्रमाणपत्र प्रदान गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्