आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

 न्यूज विराट
आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ५ चैत २०७६ मा भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो ।अस्पतालमा जाँचपछि ब्लडक्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि ९ चैत डिस्चार्ज गरिएको थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउन सुरु गरेपछि उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले सुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर, मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स अस्पिटलमा लगियो ।

एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए ।शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडीटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ देखिएको बताइएका छ । अस्पतालका अनुसार ति युवतीको दोस्रो रिपोर्ट पनि पोजिटिभ देखिएको थियो ।

तराई अस्पतालमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडीटी टेष्ट गरेको थियो ।

तेस्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराई अस्पतालबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले बताए ।

सम्बन्धित समाचार

कुखुरा फर्म संचालकको हत्या आरोपमा दम्पत्ती धरानबाट पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम...

लायन्सको पाँचदिने वेविनार शुरु

विराटनगर, वैशाख ३१–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा...

कांग्रेस महाधिवेशनः रुपन्देहीको मतगणनास्थलमै कुटिए उम्मेदवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रूपन्देहीको मतगणनास्थलमा कुटाकुट भएको छ । कुटाकुटमा परी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका दीर्घबहादुर केसी घाइते भएका छन् । रूपन्देहीको क्षेत्र नं. २ को मतगणनास्थलमा दुइ पक्षबीच विवाद सिर्जना भएपछि कुटाकुट...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

महोत्तरी, माघ २–महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर सुरु गरिएको छ । प्रदेश २ सरकारबाट ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्