जौको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

 न्यूज विराट
जौको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदै छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।

यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ’ उनले भने ।

आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती भने यस वर्ष शनिबार नै मनाइएको छ ।

अष्ट चिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको शनिबार बेलुकी तृतीया परेको समितिले जनाएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका थिए ।

सम्बन्धित समाचार

विदेशबाट फर्केकाको परिवार पनि क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा १ चैत यता ९ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम...

सन् २०२२ का लागि डीभी खुल्यो

एजेन्सी, २१ असोज-सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारबाट खुल्ला भएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयानुसार बुधबार राति ९:४५ बजेबाट सुरु हुने गरी डीभी खुल्ने र २५ कात्तिकको राति...

क्वारेन्टाइनको निमयबीच फ्रान्सका राष्ट्रपति बेलायत आउने

एजेन्सी, जेठ ३१-युरोपमा कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलो पटक फ्रान्सका राष्ट्रपति इमानुएन म्याक्रों विदेश भ्रमणमा जाने भएका छन् । उनले १८ जुलमा बेलायत भ्रमण गर्न लागेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । बेलायतमा रहँदा उनले...

‘अमेरिका–चीन सम्बन्धलाई नयाँ शीत युद्धमा परिणत गर्न खोजिदैँछ’

एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका...

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् : कांग्रेस

काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...

सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

प्रधानमन्त्रीले प्रमाण पुर्याएर बोल्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, साउन १–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तीले प्रमाण पु¥याएर मात्र बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले जति कम बोल्यो त्यति राम्रो हुने भन्दै राम नेपालमा जन्मेको विषय सहि हो भने त्यसलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्