सन् २०२२ का लागि डीभी खुल्यो - News Birat

सन् २०२२ का लागि डीभी खुल्यो

न्यूज विराट

एजेन्सी, २१ असोज-सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारबाट खुल्ला भएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयानुसार बुधबार राति ९:४५ बजेबाट सुरु हुने गरी डीभी खुल्ने र २५ कात्तिकको राति १०:४५ बजेबाट बन्द हुने जनाएको छ ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्न दूतावासले जनाएको छ । डीभी कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) आवेदन फारम भर्नुपर्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles