कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

 न्यूज विराट
कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।    

सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ । प्राप्त विवरणअनुसार अम्बे स्टिलले रु २५ लाख, सगरमाथा इन्स्योन्स कम्पनीले रु १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले रु पाँच लाख कोषमा जम्मा गरेका छन् ।

यस्तै, नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले २ लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले १ लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले १ लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले १ लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले १ लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन् ।

नाम नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित समाचार

कमजोर बन्दै मनसुन

काठमाडौं, ७ साउन-मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम...

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्