लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

 न्यूज विराट
लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन् । कति समय बढाउने भन्ने विषयमा ती सदस्य बोल्न नचाहे पनि बढाउन सिफारिस भएको बताएका छन् । ‘लकडाउन बढाउने निर्णय मन्त्रिपरिषद्बाट हुनेछ हामीले बढाउनुपर्छ भनेर सिफारिस गरेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सन्दर्भमा हेलचेक्र्याइँ नगरी लकडाउनको विषयमा सिफारिस लिनका लागि उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदमा छलफल भएपछि मात्रै निर्णय लिइनेछ ।

यसअघि राष्ट्रिय गौरवका आयोजना तथा उद्योग कलकारखाना पनि दूरी कायम गरेर मापदण्ड अपनाएर खुलाउन सक्ने निर्णय समितिले लिए पनि जनशक्ति अभाव र बढ्दो त्रासले खुल्न सकेको अवस्था छैन । काममा खटिने मानिसहरू सुरक्षित आवतजावतका विषयमा समेत मिलाएर काम अघि बढाउने नीतिमा सरकार देखिएको छ । तथापि, निजी तथा सार्वजनिक यातायात र अत्याआवश्‍यकबाहेकको व्यापार नखोल्ने नीतिमा सरकार अडिग रहेको छ ।

सम्बन्धित समाचार

पोखरीया स्कुलमा भर्ना लिन प्रवेश परीक्षा, ६४५ जनाको कोटामा २४३१ विद्यार्थी

विराटनगर । विराटनगर ३ स्थित पोखरीया माविले नयाँ विद्यार्थी भर्नाको लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६४५ जना विद्यार्थीको कोठामा २ हजार ४३१ जना विद्यार्थीहरुले आवेदन दिएका छन् ।...

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

न्यूरो अस्पतालमा प्रदेश १ का सञ्चारकर्मीलाई सहुलियतमा उपचार

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्