एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् ।
किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको टोली पठाएको हो । बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका वरिष्ठ सदस्यको नेतृत्वमा १ प्रतिनिधिमण्डल बिहीबार उत्तर कोरियाका लागि प्रस्थान गरेको थियो ।
यो विभाग छिमेकी उत्तर कोरियासँग काम गर्ने मुख्य चिनियाँ निकाय हो । सोलस्थित वेबसाइट डेली एनकेले १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका किमको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ ।
दक्षिण कोरियाका सरकारी अधिकारी र चिनियाँ अधिकारीसँग सम्पर्कमा रहेकाे विभागले उनको स्वास्थ्य शल्यक्रियापछि गम्भीर खतरामा रहेको भन्ने भनाइको खण्डन गरेकाे थियाे । दक्षिण कोरियाका अधिकारीहरूले उत्तर कोरियामा कुनै असामान्य अवस्थाबारे संकेत नपाएको बताएका छन् ।