लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

 न्यूज विराट
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान, घर फर्किए साढे ४ हजार विदेशी

काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् ।

विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । १० चैतदेखि १२ वैशाखसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।

प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही ८ वैशाखसम्म ४ हजार ५ सय ३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको ९, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को (४ कार्गो र ४ उद्धार उडानसहित) ८, टीटान एयरको ३, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) २, बुद्ध एयरको १ र कोरियन एयरको २ उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एकएक उडान भएका छन् ।

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौं ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत १९ चैत चार्टर्ड उडान भरेको थियो । त्यस्तै २८ चैत जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो ।

सम्बन्धित समाचार

एक्ली नारी, मेयरलाई भारी

विराटनगर । एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई...

साउन पहिलाे साता चुनावकाे मिति घाेषणा हुने गगन थापाकाे दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन् । उनले मंसिर ४ या ५ गतेका लागि चुनावको मिति तय हुने जानकारी पनि दिए । आज...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

 काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। साँझ...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...

दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्