पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

 न्यूज विराट
पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, १२ वैशाख-प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो ।

सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकले गरेका छन् । त्यसैले चेकजाँच कार्य शुक्रबारबाट बन्द गरिएको अस्पतालले जनाएको छ ।

जनकपुरधाममा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पोजिटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीयतामाथि नै शंका उत्पन्न भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमुना शंकाको घेरामा परेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस प्रदेश सांसद पराजुलीको दण्ड प्रणाम यात्रा

विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

केरल विमान दुर्घटना : मृतकको १८ संख्या पुग्यो, २५ को अवस्था गम्भीर

एजेन्सी, साउन २४-भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको संख्या १८ पुगेको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरू कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा...

डब्लूएचओको चेतावनी: अझै खराब अवस्था आउँदै छ

एजेन्सी, बैशाख १०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानम गेहब्रियससले कोरोना भायरसको महामारीको अझै खराब चित्र देख्न बाँकी नै रहेको चेतावनी दिएका छन् । उनले कोरोना भाइरसले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिए ।...

मोरङमा ४५ सहित प्रदेश मा ९५ संक्रमित थपिए

विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्