पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ ।
निर्माण व्यवसायी समिति पोखराले १ लाख १ हजार ५ सहयोग गरेको छ ।समितिका अध्यक्ष नारायण गुरुङलगायतको टिमले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हाे । सगरमाथा माविले पनि ५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी, प्राचार्य धनबहादुर थापाले उक्त रकम बराबरको चेक महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय रूपैयाँ सहयोग गरेको छ । महासंघका कास्की अध्यक्ष मोहनप्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य शिवराज बास्तोला र कास्कीका सदस्य प्रकाश बास्तोलाको टोलीले नगरप्रमुख जिसीलाई रकम हस्तान्तरण गरेको हो ।