साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

 न्यूज विराट
साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । ‘यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,’ राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

‘कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित सङ्कटका समयमा समय अफवाह फैलाउँदा महामारीका कारण अनावश्यक अशान्ति र पीडा हुने हुँदा शान्त रहन भारतीय समुदायलाई अनुरोध छ,’ राजदूतावासले भनेको छ, ‘सामाजिक सञ्जालले गलत र अपुष्ट सूचनालाई प्रचार गर्नु ठीक होइन र यसका कारण सामुदायिक वैरभाव निम्तिन्छ र यसले नैतिक रूपमा भ्रष्ट वातावरणलाई प्रश्रय दिन्छ ।’

‘प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्ता कोभिड-१९ को सङ्क्रमणले कुनै समुदाय, धर्म, वर्ण, जाती, भाषा, विचार र सीमा नहेर्ने हुँदा हाम्रा प्रतिक्रिया एवम् व्यवहार एकता र सहभ्रातृत्वको श्रेष्ठतासँग गाँसिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...

धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु

विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका- ६...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको...

सामाजिक सञ्जाल विधेयकको विरोधमा विराटनगरमा प्रर्दशन

विराटनगर । विराटनगर नागरिक अभियानले विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गरेका छन् । आज उनीहरुले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

एजेन्सी, जेठ ६-इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुलाई प्रशिक्षण गर्न दिन सहमत भएका छन् । अब प्रिमियर लिगका खेलाडीहरुले ५ जनासम्मको समूहमा प्रशिक्षण गर्न पाउने भएपनि खेलाडीहरुबीच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क...

राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय...

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्