लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

 न्यूज विराट
लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार कार्यलाई तीव्रता दिइएको हो ।

मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि २ चरणमा १७ करोड र १५ करोडमा १ निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी ३ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

सडक विस्तारका क्रममा अहिले ६ डोजर र ३ टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौंको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौं र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । रासस

सम्बन्धित समाचार

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

कोभिड–१९ बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले आज एक विज्ञप्ति जारी गर्दै  ३६ दिनको अस्पताल बसाइँ र १६ दिनको घर बसाइँपछि स्वास्थ्य...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

पाकिस्तानको कराँची जेलमा ३ सय कैदी सङ्क्रमित

पाकिस्तान १० जेठ-पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

सीमावर्ती ६ स्थानीयतहमा भदौ १७ गतेसम्म लकडानलाई निरन्तरता

विराटनगर, १० भदौ–समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङकास्थानीयतहले एकरुपता कायम गर्दै आगामी भदौ १७ गतेसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन् । मोरङको रंगेली नगरपालिकामा बसेको दक्षिणी हुलार्की राजमार्ग अन्तर्गतका सवै ६ वटै...

प्रहरीको संरक्षणमा झापामा स्याउ तस्करी, ५७१ कार्टुन तस्करीको ‘फुजि स्याउ’ बरामद

विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो । सशस्त्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्