अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

 न्यूज विराट
अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ ।

लकडाउनबाट सर्वाधिक प्रभावित दैनिक मजदुरी गरेर जीवन बिताउने परिवारलाई लक्षित गरी प्रदेश २ सरकारले दोस्रो चरणको राहत घोषणा गरेको १ साता भयो । जबकि पहिलो चरणको राहत वितरण भएको छैन । राहतका लागि नगरपालिकासँग आफ्नै ८५ लाखको बजेट रहेको छ ।

राहत कार्यक्रम सञ्चालन गर्न कार्यविधिसहित प्रदेश सरकारले प्रदेशभित्रका महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख तथा गाउँपालिकाको हकमा १० लाख रकम विनियोजनन गरेको थियो ।

संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रतिपरिवार ३० किलो चामल तथा यसै अनुपातमा दाल, आलु, नूनलगायतका खाद्यान्न वितरण गर्नुपर्ने निर्देशन दिइएको थियो ।

सम्बन्धित समाचार

डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

विराटनगर । विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना...

प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता

बुटवल, १९ जेठ-भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई...

कटहरीका १९ सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ ।प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको...

तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...

थप २ सय १३ जनामा काेराेना, संक्रमितकाे संख्या ३ हजार ४ सय ४८

काठमाडाैं, २५ जेठ-आइतबार २ सय १३ जना कोरोना संक्रमति थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय ९ जना पुरूष र ४ जना महिला संक्रमित थपिएको बताएका हुन्...

कोसीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वास मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्