डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो ।
ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६ छचोडामा रहेका आफन्तकोमा बसेर गएको पाइएपछि उनका आफन्तको पनि काेरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए ।
काठमाडौँबाट आएकी ती युवती एक महिना जति डडेल्धुरामा आफन्तसँग बसेकी थिइन्। अछाममा ती युवतीको आरडीटी पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ।