वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

 न्यूज विराट
वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् ।

रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर प्रहरी चौकीका ईन्चार्ज बलकुमार राईले गम्भिर घाइते हुनेगरि कुटपिट गरेका हुन् ।

गत शुक्रबार बेलुका चौलागाई र उनका दाजुबिच आपसमा विवाद भइरहेको समयमा वडा सदस्य दाशले प्रहरीलाई बोलाएर कुटपिट गर्न लगाएको पिडित परिवार र स्थानीयले आरोप लगाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार गोबिन्दपुर प्रहरी चौकिका इन्चार्ज प्रहरी सहायक निरिक्षक राई र अर्का एक प्रहरी जवानले घरबाटै निकालेर कुटपिट गरेका हुन् । कुटाइबाट चौलागाई गम्भिर घाइते भएका छन् ।

उनको दुवै खुट्टामा हिडडुलनै गर्न नसक्ने गरि चोट लागेको छ । कुटाइबाट उनको एक खुट्टामा ८ वटा टाँका लगाइएको छ भने अर्को खुट्टाको पैतालमा भित्र सम्म असर पुग्ने गरि निल डाम बसेको छ ।

चोटका कारण चौलागाई हिड्डुलनै गर्न नसक्ने अवस्थामा पुगेका छन् । दैनिक ज्यालादारी मजदुरी गरेर परिवार चलाउँदै आएका उनि प्रहरीकै कुटाइबाट थलिएपछी उनको परिवारको गुजारा चलाउन समस्या भएको छ । कुटाइबाट गम्भिर घाइते उनी यतिबेला दिशापिसाब गर्न समेत जान नसक्ने भएको चौलागाइकि श्रीमती अस्मिताले बताइन् ।

चौलागाईले कुटपिट अघि आफ्नै दाजुसँग सामान्य विवाद भएको र घरमा पनि श्रीमतीसँग थोरै विवाद भएका बेला वडा सदस्य दाशले प्रहरी बोलाएर आफुलाई कुट्न लगाएको आरोप लगाएका छन् ।

उनले प्रहरी सहायक निरिक्षक र एक प्रहरी जवान आएर एक्कासी कुटपिट गर्न थालेको बताए । ‘मलाई १÷२ लठ्ठी हिर्काउना साथ मलाई नकुट्नु भनेर धेरै पटक अनुनय बिनय गरे । मैले जे अपराध गरेको भए हिरासतमा लिएर सजाय दिन भन्दापनि बढ्ता बोल्छस् भन्दै छातिमा बुटले टेकेर पैतलामा धेरै पटक हानेको हानै गर्नुभयो ।’ उनले भने,‘चोट लागेर रगताम्मे भएपछि छाडेर जानुभयो । वडा सदस्य कुर्सिमा बसेर कुटेको हेरिरहनुभयो । तर छुटाइदिनुभएन । म बाट केही गल्ति भयो भन्दैमा मर्नेगरि यसरी हिड्डुलनै गर्न नसक्ने गरि कुट्ने कस्तो कानुन हो ? के हामी जस्ता गरिबलाई मात्र यस्तो कानुन हो ?’

उनले प्रहरीको कुटाइबाट शरिरभरी चोट लागेर ५ दिनदेखि हिड्ड्लनै गर्न नससकेको बताए । उनले आफु सामान्य दैनिक ज्यालादारीमा राजमिस्त्री काम गर्दै आएको र पारिवारीक आर्थिक अवस्थासमेत कमजोर भएकाले उपचारका लागि अस्पतालसमेत जान नसकेको बताए । ‘आज कुटाइबाट थलिएर ओछ्यानमै लडेको ५ दिन भइसक्यो । उपचारका लागि घरमा एक पैसा छैन । वडा सदस्य ज्युलाई पटक पटक बलाउँदा पनि आउनु भएन ।’ उनले भने,‘पहँुच र पावर हुँदा गरिब माथि जस्तो पनि अत्याचार हुँदो रहेछ ।’

उनले आफुले गल्ति गरेको भए सजायको भागिदार हुँने बताउँदै प्रहरीले हिडडुलनै गर्न नसक्ने गरि कुटपिट गरेर आफुमाथि अन्याय गरेको बताए । ‘घरमा कामाउने म हो । हिड्डुलनै गर्न नसक्ने अवस्था भएपछी मेरो परिवार भोकभोकै बस्नुपर्ने अवस्था आयो ।’ उनले भने,‘म माथि अन्याय भएकाले न्याय दिलाईदिनुहुन सवैसँग आग्रह गर्छु ।’

चौलागाईकी श्रीमती अस्मिताले प्रहरीले सम्झाई बुझाई गर्नुपर्नेमा वडा सदस्य दाशाकै अगाडी गुण्डागर्दी शैलिमा कुटपिट गरेपनि मुकदर्शक बनेर हेरिरहेको आरोप लगाइन् । ‘पुलिस वडा सदस्यलेनै बोलाएकाले एकदुई झापड कुटेपछि छुटाइदिनुपर्ने हो ।’ उनले भनिन्,‘एकोहोरो आफ्नै जनतामाथि कुटपिट भइरहेपनि वडाको अभिभावक भएर हेरिरहनु कति सम्म जायज हो ? बर्दी र पावर छ भन्दैमा मान्छेनै मर्ने गरि कुट्ने ?’ उनले वडा सदस्य दास र प्रहरीले पतिको यथासिघ्र उपचार गराइ क्षतीपूर्ती माग गरेकी छन् ।

प्रत्यक्षदर्शी स्थानीय भन्छन : प्रहरीबाट ज्यादती भयो
स्थानीयले कुटपिटबाट पिडित चौलागाईलाइ यथासिघ्र उपचार र क्षतीपूर्तीको दिनुपर्ने माग गरेका छन् । उनीहरुले दोषि प्रहरी माथि कारबाही, चौलागाइलाई तत्काल उपचार र क्षतीपूर्तीको व्यवस्था नगरे आन्दालनको चेतावनीसमेत दिएका छन् ।

स्थानीय विपिन अधिकारीले प्रहरीले ज्यादतीपूर्ण तरिकाले कुटपिट गरेको बताएका छन् । उनले मदिरा सेवन गरेर सामान्य विवाद गरेकै आधारमा गम्भिर चोट र शरिरमा असर पर्नेगरि कुटपिट गर्नु प्रहरीको ज्यादती भएको आरोप लगाए । ‘एकदुइ झापड हान्नु अलग कुरा हो । प्रहरीले गहिरो चोट लाग्नेगरि कुटेर गम्भिर गल्ति गरेको छ ।’ उनले भने,‘ पुलिसले गर्ने थर्ड डिग्रि टचर जस्तो शैलिमा पैतला थिलथिलो हुनेगरि कुटिएको छ । बोल्न सक्दैनन् र गरिब छन भन्दैमा ज्यादती गर्न पाइदैन । पिडितले न्याय पाउनुपर्छ ।’

त्यस्तै अर्की स्थानीय एलिना महतले पनि प्रहरीले गुण्डागर्दी शैलिमा कुटपिट गरेको बताइन् । उनले वडा सदस्यकै आगाडी गम्भिर चोट लाग्नेगरि कुटपिट गरिएपनी केही गर्न नसक्नु दुखद भएको बताइन् ।

‘प्रहरीलाई रगताम्मै हुनेगरि कुट्ने अधिकार कसले दियो ? पैतालाभरी निलडाम भएर खुट्टा सुन्निएको छ । ठुलो चोट लागेर टाँकै लगाउनुपरेको छ । देखिने मात्र होइन भित्रि चोट पनि धेरै छ ।’ उनले भनिन्,‘वडा सदस्यकै अगाडी मरुन्जेल जनता कुटिनुले कस्ता जनप्रतिनिधि चुनेछौँ भन्ने स्पष्ट भएको छ । जे सुकै भएपनि पिडितले न्याय पाउनैपर्छ ।’

स्थानीयले वडाअध्यक्ष कन्हैयालाल राजवंशी र वडा सदस्य दाशले घटनालाई गुपचुप बनाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले पिडितको उपचार र क्षतीपूर्तीका लागि वडा कार्यालयमा जाँदासमेत वेवास्ता गरिएको गुनासो गरेका छन् ।

यता वडा सदस्य मोहनलाल दाशले चौलागाईले मदिरा सेवन गरेर बढीनै हो–हल्ला गरेकाले आफुलेनै प्रहरीलाई फोन गरेर बोलाएको स्वीकार गरेका छन् । उनले चौलागाईले मदिरा सेवन गरेर दिनहुँ हो हल्ला गर्ने गरेकाले बाध्य भएर प्रहरी बोलाएको बताए । ‘दिनदिनै तथानाम भन्दै हो हल्ला गर्ने उनको बानि थियो । बानि सुधार्नका लागि मैलेनै प्रहरीलाई बोलाएको हुँ ।’ उनले भने,‘एक दुइ झापड हिर्काएपछी मैले छाड्न आग्रह गरेको थिएँ । तर, उनले प्रहरी माथि दुव्र्यबहार गरेपछि अझ पिटिएका हुन् ।’

यता गोविन्दुर प्रहरी चौकीका इन्चार्ज राइले भने आफुले चोटपटक लाग्नेगरि चौलागाईलाई कुटपिट नगरेको दावी गरेका छन् । उनले लक डाउनका समयमा मदिरा सेवन गरेर गाउँमा होहल्ला भएपछी वडा सदस्यकै आग्रहमा पुगेर सम्झाएको बताए । ‘चोट पटक लाग्नेगरि कुटपिट गरेको भन्नु सरासर गलत हो । वडा सदस्य ज्युकै आग्रहमा त्यहाँ गएर सम्झाई बुझाई गरेको हो ।’ उनले भने,‘जाँड खाएर हामी माथिनै दुव्र्यबहार गर्न खोज्दा सामान्य ठेलाठेल भएको हो । चोट पटक लाग्ने गरि कुटेको हैन ।’

यता इलाका प्रहरी कार्यालय सिजुवाले भने घटनाका विषयमा यथार्थ बुझेर दोषि उपर कारवाही गर्ने जनाएको छ । कुटपिट भएको ५ दिन सम्म पनि सो विषयमा जानकारी नभएको बताउँदै इलाका प्रहरीले सत्य तथ्य बुझेर आवश्य प्रकृया अघि बढाउने बताएको छ ।

सम्बन्धित समाचार

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

मोरङमा १२ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्