कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

 न्यूज विराट
कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् ।

उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी ओलीसँग नभएको ठहर गरेका हुन् ।

सरकारले जारी गरेका दुवै अध्यादेशबाट कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सीमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथी प्रहार गरेको उनीहरूले दाबी गरेका छन् ।

युवा ११ नेताहरूले वक्तव्यमार्फत् सोधेका छन्, ‘संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?’

उनीहरूले संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा रहेको जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, ‘जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।’

लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस्, अन्यथा यसविरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् भन्ने चेतावनी पनि वक्तव्य मार्फत् कांग्रेसका युवा नेताहरुले दिएका छन् ।

सरकारको यो कदममा राष्ट्रपतिको भूमिकालाई अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि रहेको उनीहरूको ठहर छ ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

हृदयाघात, मिर्गौला रोगीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गर्दै यस्तो सेवा...

झापाका १ लाख १७ हजार व्यक्ति कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा

कोभिड- १९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका १ लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

विप्लवले गरे सरकारकाे प्रशंसा

काठमाडाैं, ३२ जेठ-नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले केन्द्र सरकारकाे प्रशंसा गरेकाे छ । दबाबका बीच भारतबाट अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको...

लेखा अधिकृतको मागलाई कर्मचारी संगठनको साथ

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्