सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

 न्यूज विराट
सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् ।

उनले भने, ‘सरकारी गाडीहरू अहिले निष्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई अपिल गर्दछु ।’

उनले संकटकाे अवस्थामा एम्बुलेन्सले सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नहुने र दूरदराजका बिरामी निजी गाडीलाई २० वा ३० हजार रूपैयाँसम्म तिरेर अस्पताल आउन बाध्य भएको उल्लेख गरेका छन् । बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेकाले सरकारी गाडी प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

उनले कोभिड–१९ महामारीका कारण संकटमा परेका नागरिकलाई आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी रहने स्मरणसमेत गरेका छन् ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...

भारतले मिचेको दशगजाको पिलर हटाउने सहमति

रौतहट, २२ असार-रौतहटको इशनाथ नगरपालिका– १, बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजामा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । रौतहटका...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

ओम्नी समूहसँगको विवादस्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेको छ ।चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसकेपछि ओम्नी समूहसँग सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि 

विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...

बी डिभिजन क्रिकेट : मिल्स र बेलबारी सेमिफाइनलमा

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले...

ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव:उपेन्द्र यादव

काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्