राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तारुढ नेकपाले देश अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाएको छ । मंगलबार राप्रपाका तीनै जना अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत यस्तो संकेत गरेको हो ।
कोभिड-१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ‘राजनीतिक दल सम्बन्धी’ र ‘संवैधानिक परिषद सम्बन्धि’ २ अध्यादेशहरु अनुपयुक्त,अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाले जनाएको छ ।
राप्रपाले आफ्नो विज्ञप्तिमा भनेको छ ‘सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरी राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा बढेको छ ।’