लकडाउनका बीच त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तार गरिँदै

 न्यूज विराट
लकडाउनका बीच त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तार गरिँदै

लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दूरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ ।

धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको बताए । यसैगरी, विमानस्थलको ‘डिपार्टिङ वे’को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईले बताए ।

विमानस्थल विस्तारको काम भइरहदा प्रयाप्त सुरक्षा सतर्कता अपनाइएको समेत मन्त्री भट्टराईले बताए । मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार नै काम सुरु भएको उनले बताए ।

सम्बन्धित समाचार

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, ५ भदौ–प्रदेश सरकारले विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

माइतीघरबाट राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता गिरफ्तार

राष्ट्रिय जनमोर्चाका सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएकोे विरोधमा धर्नामा बसेका जनमोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

एसपीपीबारे सर्वदलीय छलफल गर्न गठबन्धनको प्रस्ताव

काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँचदलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।...

डेमोक्र्याटलाई महत्त्वपूर्ण अग्रता

एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्