रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

 न्यूज विराट
रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् ।

नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले पालना गराउन र सीमामा निगरानी गर्न स्वयंसेवकका रुपमा आफै खटिएका हुन् ।

रतुवामाई युवा नागरिक समाजका संयोजक नारायणप्रसाद ताजुजुरियाले लक डाउन पूर्ण रुपले पालना गराउन, तरकारी बजारहरु व्यवस्थीत बनाउन र सीमा क्षेत्रबाट भारतीय नागरिक लुकिछिपि नेपाल प्रवेश गर्न नदिनका लागि सिमा क्षेत्रका वडा नं. १, २, ३ र ४ मा ४० जनाको संख्यामा युवाहरु खटिएको जानकारी दिए ।

‘भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले हामी सिमा क्षेत्रका जनता यतिबेला निकै त्रासमका छौँ । सुरक्षाकर्मीहरुको उपस्थितीले मात्र लुकिछिपि नेपाल प्रवेश हुने क्रम रोक्न मुस्कील छ । त्यसैले उहाँहरुलाई साथ दिन र कुनै पनि भारतीय नागरिक नेपाल प्रवेश हुन नदिन २४ घण्टै सीमामा खटिएका हौँ ।’ उनले भने,‘सीमा नाका पूर्णरुपमा शिल भइसकेको अवस्थामा पनि नेपाल तर्फ प्रवेश गरेको सुचना पाएपछी हामी समुह समुहमा खटिएर सीमामा निगरानी बढाएका छौँ ।’

ताजपुरियाले आफुहरु नगरक्षेत्र भित्रका बजारहरु पूर्णरुपमा बन्द गराउन र तरकारी बजारहरुलाईसमेत सामाजिक दुरी कायम गराएर व्यवस्थीत रुपले सञ्चालन गराउन लागि सुरक्षाकर्मीको सहकार्यमा परिचालन भएको जानकारी दिए ।

उनले आफुहरुले नगरवासीलाई कोरोना भाइरसबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि गर्ने र संकटको वर्तमान अवस्थामा सवै काममा सरकार र प्रशासनलाई साथ दिनेसमेत बताए । उनले रतुवामाई नगरपालिकालाई खटिएका युवा तथा सुरक्षाकर्मीहरुका लागि ह्याण्ड ग्लब, मास्कलगायत आवश्यक सुरक्षा सामाग्रीहरु उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

उदयपुरको शिवाई र मोतीगडा कोरोना खतरायुक्त क्षेत्र घोषणा, ७८ जनाको नमुना संकलन

गाईघाट, १२ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका-५, शिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४, मोतिगडामा पनि २० जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । प्रदेश नं १ का सामाजिक...

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले...

भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...

जेसी बाल सदनमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...

कांग्रेस नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौं, १३ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरूबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा...

तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

मोरङमा ३०६ सहित प्रदेश १ मा आज ६७३ संक्रमित थपिए

विराटनगर, ६ जेठ । प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्