श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

 न्यूज विराट
श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिए । मङ्गलबार बिहान सिङ्गापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौँ फर्कनेछ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ । यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिङ्गापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीकोतर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

सम्बन्धित समाचार

पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन । शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ ।...

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

विराटनगर जुनियर जेसिजको पदस्थापन

विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो । विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

भारतीय सुरक्षाकर्मीकाे सहयाेगमा मध्यरातमा १५ जना विराटनगर आइपुगे

विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् । दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्