पशुपतिमा किरियापुत्री सेवा बन्द

 न्यूज विराट
पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।

धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा १ सातादेखि सेवा बन्द भएको जानकारी पाएको उनी बताउँछन् ।

गौतम मात्र होइन १ सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन् । गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुगे । गौतमका दुवै दाजुभाई राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो ।

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिने बाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउँछन् ।

‘किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ’ उनले भने ।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ । २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन् । जसमा दैनिक ५ सय शुल्क लिइन्छ । २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन । यी कोठामा भने दैनिक २ सय रुपैयाँ शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले जानकारी दिए ।रासस

सम्बन्धित समाचार

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

वनवासा र टनकपुरमा अलपत्र नेपाली घर आउन पाउने

काठमाडाैं, २४ वैशाख-भारतीय सीमानाका वनवासा र टनकपुरमा अलपत्र परेका नेपालीलाई सरकारले स्वदेश ल्याउने भएको छ । ३५ दिनदेखि लकडाउनका कारण कञ्चपुरको भीमदत्त नगरपालिकासँग जोडिएका सीमानाका वनवासा र टनकपुरका अलपत्र नेपालीलाई आवश्यक स्वास्थ्य जाँचपछि स्वदेश ल्याइने...

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

यो वर्ष नेपालमा २ दिन ढिला भित्रियो मनसुन

काठमाडौं, ३२ जेठ-नेपालमा यो वर्ष २ दिन ढिलो मनसुन भित्रिएको मौसमविद्ले जनाएका छन् । मनसुन नेपालको पूर्वी भूभागमा १२ जुनमा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउनसमेत मौसमविद्ले आग्रह गरेका छन्...

अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा...

परवेजको आक्रमक ब्याटिङ, विराटनगरले दियो एलिटलाई ११५ रनको टार्गेट

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङका खेलाडी परवेज शेख र रवि रोयले आक्रमक ब्याटिङ गरेका छन् । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँगको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्