त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

 न्यूज विराट
त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

विराटनगर, बैशाख १२–उदयुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा कोरोना संक्रमितसँगै रहेका विराटनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको खुलेको छ । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगर–१७ का ६५ वर्षिय पुरुष भएको खुलेको हो ।

शुक्रबार कोरोना पुष्टि भएका १२ जनासँगै बसेका ४ जनामध्येका थप १ जनामा कोरोना पुष्टि भएको हो । ती व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको कोशी अस्पताल विराटनगरले जनाएको छ । उनको स्वाबको नमुना कोशी अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

उदयपुरको त्रियुगा स्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपालीमा शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । मस्जिदमै रहेका तीन नेपाली र एक भारतीयको नतिजा नेगेटिभ देखिएपनि उनीहरुलाई टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर...

पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने...

लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा भबेस

विराटनगर । लायन्स क्लब अफ ग्रिनसिटीको अध्यक्षमा श्याम लाल पौडेल (भवेस) चयन भएका छन् । पौडेल वर्ष २०२४–०२५ को लागि अध्यक्षमा चयन भएका हुन् ।यसैगरी क्लबका प्रथम उपाध्यक्ष शर्वण कान्त दाहाल, द्धितीय उपाधयक्षमा पंकज कर्ण,...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्