कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो ।
खाना खाँदा खाँदै अचानक बेहोस भएर ढलेका नेपालीको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएपछि चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।
नेपाली २०७४ भदौ १५ गतेदेखि जबरजस्तीकरणी अपराधमा कारागार थिए । अदालतले उनलाई ७ वर्ष कैद सजाय तोकेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिए ।