‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

 न्यूज विराट
‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पुर्‍याउन निर्देशनसमेत दिइसकेको बताउँदै सांसद बस्नेतले उपत्यकाभित्र समस्यामा परेकाहरुले आफूलाई खबर गर्न आह्वान गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको जनभावनाअनुसार निर्देशन आयो, अब प्रदेश र स्थानीय सरकारले मानवीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौँ, काठमाडौंं उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ ।’

यहाँका स्थानीय तहसँगको समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्थापन हुँदै आएको छ । उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा आजदेखि पैदल यात्रुलाई खाना खुवाउन सुरु गरेको छ ।

काठमाडौं पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्गखण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले खाना खुवाउने व्यवस्था गरेको उनले जानकारी दिए । वडाध्यक्ष थापाले भने, ‘हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौं, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।’ रासस

सम्बन्धित समाचार

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

प्रदेश १ मा २८ कोरोना संक्रमित

मोरङ, ११ वैशाख-प्रदेश–१ मा कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा २ महिलामा संक्रमण देखिएसँगै पोजिटिभको संख्या २८ पुगेको प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजिटिभ पुष्टि भएकामध्ये...

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव...

सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्