असिना पानीले हिउँदे बाली नष्ट

 न्यूज विराट
असिना पानीले हिउँदे बाली नष्ट

सुर्खेत, ६ वैशाख-शनिबार बिहान परेको हावाहुरीसहितको असिना पानीले कालिकोटको नरहरीनाथ गाउँपालिका गहुँबाली नष्ट गरेको छ । वर्षासँगै आएको असिना पानीले तरकारी, फलफूल तथा हिउँदे गहुँबालीमा ठूलो क्षति पुगेको हो ।

हावाहुरी र असिना पानीले पाक्न लागेको गहुँबाली नष्ट गरेको नरहरीनाथ गाउँपालिका–९ लालुका चिन्तन नेपालीले बताए । ‘बिहान एक्कासी हावाहुरीसहित असिना पानी पर्‍यो’ उनले भने, ‘गहुँबाली पूर्णरूपमा नष्ट भएको छ ।’

हावाहुरी र असिना पानीले गहुँबाली, तरकारीलगायतका दलहन बालीमा समेत क्षति पुगेको नरहरीनाथ गाउँपालिका–९ लालुका प्रदीप बोहोराले बताए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण किसान पाकेको अन्नबाली घरमा भित्र्याउन नपाएको र असिना पानीले सबै गहुँबाली नष्ट गरेको सामाजिक कार्यकर्ता वीरेन्द्र बुढाले जानकारी दिए ।

सम्बन्धित समाचार

रतुवामाईमा कुकुरलाई जोगाउदा दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

प्रदेश १ सिसिएमसि बैठक सम्पन्न, प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन राखिने

विराटनगर, साउन २५–प्रदेश स्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी)को आज सम्पन्न बैठकले १४ वटै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै बैठकले आइसोलेसन...

नेपालगञ्जमा संक्रमितको संसर्गबाट १४ जनामा कोरोना संक्रमण

बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...

एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत...

सांसदलाई पुग्यो कोरोना किट, जनताले अझै पाएनन्

काठमाडौं, २६ वैशाख-नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ सय १ पुगेको छ । यो क्रम बढ्दो छ । सरकार कोरोना परीक्षणको दर बढाउनुको साटो झन् ढिलाइ गरिरहेको छ । कोरोना परीक्षणको किटको अभावका...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

मुख्यमन्त्री कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दिएको अभियुक्तको क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनले घोषणा गरेका छन् । राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले मुख्यमन्त्री कार्कीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्