रतुवामाईमा कुकुरलाई जोगाउदा दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

 न्यूज विराट
रतुवामाईमा कुकुरलाई जोगाउदा दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीया भवानी मेहताको उपचारको क्रममा आइतबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर उपचारका क्रममा साँझ ७स्१० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक मृतककी छोरा २३ वर्षीय रमेश मेहता रहेका छन् । उनीलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा प्रयोग गरिएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा रहेका छोरालाई प्रहरीले सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

भोलि मुस्लिम समुदायलाई बिदा

काठमाडौं, १ कात्तिक ।सरकारले कार्तिक २ गते मुस्लिम समुदायलाई बिदा दिने निर्णय गरेको छ । सरकारले १४९६ औं मोहम्मद जयन्तीको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्‍को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...

राजपा र समाजवादीकाे संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...

लक्षण भएका संक्रमितलाई प्रथामिकता

विराटनगर, १ भदौ–विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने...

खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन होइनः भूकम्पविद

आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका भूकम्पविद् भरत काेइरालाले खाेटाङ केन्द्रबिन्दु भएर गएकाे ६ रेक्टर स्केलकाे भूकम्प ७२...

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्