मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

 न्यूज विराट
मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो ।

लक डाउनका कारण दैनिक ज्यालादारी काम गदै आएका मजदुर परिवारलाई भोक भोकै बस्ने अवस्था आउन नदिन अभियान सुरु गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकप) १ नं. प्रदेश कमिटि सदस्य मृत्युज्यकुमार झाले जानकारी दिए ।

‘लक डाउनका कारण धेरै परिवारको घरमा चुल्हो बल्न सकेको छैन । यस गाउँपालिकामा कसैलाई पनि भोकै बस्ने अवस्था नआओस भनेर अभियान सुरु गरेका हौँ ।’ उनले भने,‘मानव सहयोगि हातहरु लगायतका संस्थाहरुको सहयोगमा आज मात्र थुप्रै परिवारलाई राहतस्वरुप खाद्य सामाग्री उपलब्ध गराइएको छ ।’

शुक्रबार कटहरी वडा नं. २ का गरीब , असाहय, अपांग, एकल परीवार र स्थानीय सरकारबाट नपाएकाहरुलाई राहत वितरण गरिएको भोकमरी विरुद्ध साझा अभियानका स्वयंसेवक परिचालन समितिका संयोजक समेत रहेका नेता झाले जानकारी दिए ।

उनले ५० जना स्वयंसेवक परिचालन गरि आर्थिक अवस्थाकै कारण चुल्हो बल्न नसकेका परिवारको खोजि गरि राहत वितरण गरिएको बताए । यो अभियान लक डाउन अवधिभर जारी राख्ने र सो क्षेत्रका कुनै पनि परिवारलाई भोको बस्न नदिने नेता झाले दावी गरे ।

सम्बन्धित समाचार

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, दमक भेट्रान्स क्लब फाइनलमा

विराटनगर । दमक–लखनपुर भेट्रान्स क्लब झापा विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भरौल भेट्रान्स क्लब...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

काठमाडौं, २३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...

पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडछौंं : अध्यक्ष खम्बु

विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानबादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन्...

२० दिनमा ११ वटा लुटपाट गर्ने गिरोहका ७ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । २० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ...

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी...

प्रतिनिधिसभा विघटनका मुद्दा : आज पनि सरकारी पक्षकै बहस

प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्