२४ हजार नाघ्यो कोरोना परीक्षण, १६ जनामा मात्रै संक्रमण

 न्यूज विराट
२४ हजार नाघ्यो कोरोना परीक्षण, १६ जनामा मात्रै संक्रमण

काठमाडौं, ५ वैशाख-सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाएको जनाएको छ । दायरा बढाउँदै २४ घण्टाको अवधिमै ४ हजार ८ सय २२ वटा जनाको परीक्षण गरिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पिसिआर विधिबाट हालसम्म ७ हजार ६ सय ८८ नमुना परीक्षण गरिएको छ । त्यस्तै, र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) १६ हजार ५ सय ६५ जना गरिएको छ । हालसम्म कोरोना भाइरसको आशंकमा कूल २४ हजार २ सय ५३ परीक्षण गरिएको उनले बताए ।

उनले २४ घण्टाको अवधिमा गरिएका परीक्षणमा कसैलाई पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ नेखिएको बताए । उनका अनुसार हाल नेपालमा कोरोना भाइरस संक्रमित १६ जना रहेका छन् । उनीहरू मध्य १ जना निको भएर घर फर्किएका छन् भने अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

घरमै पुगेर कोरोना भाइरसको परीक्षण

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...

विराटनगरमा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

विराटनगर, १२ भदौ-प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोराना संक्रमितको संख्या ९ सय ४४ पुगेको छ । विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार सम्म विराटनगरमा कुल कोरोना संक्रमितको संख्या ९ सय ४४ पुगेको हो । जसमध्ये ३८७...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ...

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...

विप्लवका दुई नेताले गरे आत्मसमर्पण

विराटनगर, पुस १७–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले...

सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्