मालवाहक सवारीसाधनका चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

 न्यूज विराट
मालवाहक सवारीसाधनका चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

विराटनगर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरूले गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालककाे अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ ।

अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले ‘भीडभाडमा जिउ जोगाउनु र अनिकालमा बिउ जाेगाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरू पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिए । शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उनले जोड दिए । रासस

सम्बन्धित समाचार

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि...

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेको छ । आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर आम नागरिकलाई राहत दिन सरकारसँग...

कडा निगरानीमा उपत्यकाका सडक

काठमाडौं, १ जेठ-उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पाससमेत रद्द गरेको सरकारले सडकमा सुरक्षाकर्मीको संख्यासमेत बढाएको छ । शनिबारदेखि लागू हुनेगरी पास रद्द गरेको सरकारले आजैबाट सडकमा आउजाउमा...

ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा सक्रिय संक्रमितको...

अर्किंड र सरस्वती फाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भयोः गुरुराज घिमिरे

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित भएका नेता गुरुराज घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको आन्तरिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्