जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

 न्यूज विराट
जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत पैसा राखेको स्थानीयले बताएका छन्।

जथाभावी विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि समयमै प्रहरीले महावीर चोकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको जनाइएको छ ।

अन्दाजी ३५ देखि ४० वर्षीया २ महिला जथाभावी रुपमा पैसा फालेर भागेको स्थानीयले फोन गरेपछि उनीहरुको खोजी भइरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए ।

यस्तो काम कोरोना संक्रमित व्यक्तिले गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । पैसा छोएपछि कोरोना सर्नेे अशंकामा स्थानीय भयभित बनेका छन् ।

पैसा फाल्नेहरुको खोजी सीसी क्यामरा मार्फत् पनि भइरहेको प्रहरीले जनाएको छ ।केही दिनअघि भारतमा पनि कोरोना संक्रमित व्यक्तिले पैसामा थुक लगाएर फालेको भिडियो बाहिर आएको थियो ।

सम्बन्धित समाचार

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

काठमाडौं, १० जेठ-कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण ११ चैतदेखि सरकारले...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्